12.1 C
Kathmandu
January 17, 2022
जीवनशैली समाचार

आज साँझपख मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना सतर्क रहन माैसम विभागकाे अनुराेध

 आइतबार चैत्र १ः आइतबार साँझपख देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा सम्भावना रहेकाे छ। स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेकाले देशका पहाडी भूभागमा साँझपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयाे । 

प्रि–मनसुनको अवधिमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख पहाडी भूभागमा हावाहुरी, मेघगर्जन तथा चट्याङसहित फाटफुट वर्षा हुने गर्छ। मौसमविद्का अनुसार अङ्ग्रेजी महिना मार्चदेखि सुरु हुने प्रि–मनसुन मे सम्म चल्ने भएकाले पहाडी भेगको मौसम अपराह्न तथा साँझपख प्रभावित भइरहन्छ। उक्त समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने गर्छ। 

हाल पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। दिउँसो पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही वाग्मती प्रदेश र प्रदेश नं १ का पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले  माैसम विभागले सबैलाई आफ्नाे सुरक्षा गर्न आग्रह गरेकाे छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम नौ दशमलव चार डिग्री र अधिकतम तापक्रम २२ दशमलव चार डिग्री सेल्सियस रहेको छ। त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियस रहेकाे छ ।

सम्बन्धित समाचारहरु

भागरथी हत्या प्रकरणकाआरोपित दिनेश भट्टको डीएनए म्याचः हदैसम्म कारवाहीकाे माग

केशव सिंखडा

ऐतिहासिक भैरवी मन्दिर धमाधम पुनःनिर्माण हुँदै

केशव सिंखडा

नेपालमा गत २४ घण्टामा १७६ जनामा कोरोना पुष्टि, ११७ जना संक्रमण मुक्त

केशव सिंखडा