12.1 C
Kathmandu
January 17, 2022
Uncategorized आर्थिक जीवनशैली समाचार सूचना प्रविधि

काेभिड भ्याक्सिन काे लागि विश्व बैंकद्वारा नेपाललाई ८ अर्ब ७० करोड ऋण सहयाेग

६ चैत, काठमाडौं । कोरोना खोप र महामारीको राेकथाम तथा न्यूनिकरण काे लागि विश्व बैंकले नेपाललाई ७.५ करोड अमेरिकी डलर (८ अर्ब ७० करोड रुपैयाँ) वित्तीय सहायता (ऋण) प्रदान गर्ने भएको छ । विश्व बैंकको बिहीबार बसेको बोर्डले यस्तो निर्णय गरेको हो ।

नेपालको स्वास्थ्य र खोप प्रणालीलाई सुदृढ गर्दै सुरक्षित र प्रभावकारी कोभिड-१९ विरुद्धका खोपहरुको समतामुलक वितरणमा सहयोग पुर्‍याउन अन्तर्राष्ट्रिय विकास संघ (आइडा)मार्फत नेपालले उक्त ऋण सहायता प्राप्त गर्ने भएको छ । यो वित्तीय सहयोगबाट नेपालले कम्तिमा एक तिहाई जनसंख्यामा खोप पुर्‍याउन सक्ने विश्व बैंकले जनाएको छ ।

कम्तिमा ७२ प्रतिशत जनतालाई खोप दिने सरकारको महत्वकांक्षी योजनालाई सघाउन विश्व बैंकले यो सहायता माल्दिभ्स, नेपाल र श्रीलंकाका जस्ता विकाससिल देशहरुकाे लागि सहयाेग गर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले बताएका छन् ।

विश्व बैंकले गत चैतमा २.९ करोड अमेरिकी डलर (३ अर्ब ३० करोड रुपैयाँ) बराबरको कोभिड १९ आपतकालिन प्रतिकार्य र स्वास्थ्य तयारी मुल आयोजना तथा सरकारको समग्र कोभिड १९ प्रतिकार्यमा विकास साझेेदारहरुको सुनिश्चित सहयोगको सन्दर्भमा टेकेर थप वित्त सहयोग गर्ने निर्णय भएको बैंकको भनाई छ ।

यो रकमको ९० प्रतिशत हिस्सा कोभिड १९ खाेप खरीद र कोभ्याक्स सुविधामार्फत प्राथमिकतामा परेका २० प्रतिशत जनसंख्या बाहेक अन्य समूहमा खोप बिस्तार गर्न प्रयोग हुने भएको छ । बाँकी रकम भने खोपका पहललाई सघाउन र कोभिड-१९ सँग सम्बन्धित परीक्षण, उपकरण र चिकित्सासामग्री खरीद तथा आपूर्तिमा खर्च गरिने भएको छ ।

विश्व बैंकको स्वास्थ्य, पोषण र जनसंख्या सम्बन्धी विश्वव्यापी अभ्यास अन्तर्गत दक्षिण एयियाका लागि अभ्यास प्रवन्ध गेल रिचर्डसनले यो सहयोग नेपाली जनताका लागि शारीरिक र नेपाल राष्ट्रको आर्थिक स्वास्थ्यको रक्षा गर्न महत्वपूर्ण सावित हुने बताएका छन् ।

विश्व बैंककाअनुसार नेपालका लागि यो अतिरिक्त वित्तपोषण दक्षिण एसियाली राष्ट्रमा कोभिड १९ खोप सहयोगका लागि पहिलो चरणमा स्वीकृत भएका तीन परियोजना मध्ये एक हो ।

विश्व बैंकले नेपालबाहेक बंगलादेशमा ५० करोड अमेरिकी डलर र अफगानिस्तानमा ६ करोड अमेरिकी डलर बराबरको सहायता समेत घोषणा गरेको छ ।

सम्बन्धित समाचारहरु

भीम रावललाई राजीनामा फिर्ता लिन ओलीको आग्रहः

केशव सिंखडा

भागरथी हत्या प्रकरणकाआरोपित दिनेश भट्टको डीएनए म्याचः हदैसम्म कारवाहीकाे माग

केशव सिंखडा

नेपालमा गत २४ घण्टामा १२८१ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

केशव सिंखडा