12.1 C
Kathmandu
January 17, 2022
जीवनशैली प्रवास शिक्षा समाचार

भारतमा कोरोना बढेपछि नेपाली हरु फर्किंदैःनाकामा कडाई गर्न चिकित्सकको सुझाव

शनिबार ७ चैत्रः भारतकाे विभिन्न राज्यमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिमका कैलाली र कञ्चनपुरको सीमा नाकामा प्रदेश सरकारले हेल्थ डेस्क स्थापना गरेको छ। कैलालीको गौरीफन्टा नाका र कञ्चनपुरको गड्डाचौकीमा हेल्थ डेस्क राखिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले बताए। ‘भारतमा कोरोना बढिरहेको छ, दैनिक १० हजारमुनि पुगेको तथ्यांक पछिल्ला दिनमा दैनिक ३५ हजार पुगेपछि भारतबाट नेपालीहरु फर्कने क्रम पनि बढेको छ’, निर्देशक डा. अवस्थीले भने, ‘त्यसकै नियन्त्रणका लागि सीमा क्षेत्रमा हेल्थ डेस्क राखिएको हो।’
प्रदेश सरकारले उक्त हेल्थ डेस्कबाट भारतबाट फर्किने नेपालीको एन्टिजेन परीक्षण गरिरहेको छ। जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहबाट गरी तीन÷तीन जना स्वास्थ्यकर्मी परिचालन गरी घर फर्किरहेका नेपालीको एन्टिजेन परीक्षण सुरु भएको हो।

नेपालसँग सीमावर्ती भारतका विभिन्न प्रान्तमा केही दिनयता फेरि कोरोना संक्रमण बढेपछि चिकित्सकले वीरगन्ज र आसपास क्षेत्रमा सतर्कता अपनाउन सुझाव दिएका छन् । 
भारतका महाराष्ट्र, पञ्जाव, केरला, राजस्थानलगायत राज्यमा फेरि कोरोना संक्रमण तीव्र रूपमा फैलिरहेको छ । दैनिक १५ देखि २० हजार हराहारीमा कोरोना संक्रमित थपिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसैले भारतसँगका सीमावर्ती क्षेत्रमा सतर्कता अपनाउनु अत्यन्त जरुरी रहेको यहाँका चिकित्सकको सुझाव छ ।

नेपाल चिकित्सक संघ नारायणी अञ्चल शाखा वीरगन्जले खुला सीमाका कारण सीमावर्ती सहर र जिल्लामा पुनः संक्रमण भित्रिने जोखिम रहेको प्रेस विज्ञप्तिमार्फत जनाएको छ । होलीलगायत चाडपर्व पनि नजिकिएका कारण स्वास्थ्य सतर्कता नअपनाएको खण्डमा पुनः जेठ–साउनको जस्तै भयावह स्थिति फर्किने जोखिम रहेको संघले स्पष्ट पारेको छ । 
त्यसैले सर्वसाधारणका साथै राज्यको निकायलाई सावधानी र सतर्कता अपनाउन आग्रह गरिएको संघको अञ्चल शाखा वीरगञ्जका सचिव डा. उदयनारायण सिंहले बताए ।

नारायणी अस्पतालका चिकित्सक डा. नीरज सिंहले बिहीबार मात्रै फेसबुकमार्फत सावधान रहन ध्यानाकर्षण गराएका छन् । उक्त पोस्टमा भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएकाले भारतका विभिन्न सहरमा फेरि लकडाउन गरिएको अवस्थामा भारतको कोलकाता र मुम्बईबाट हालै वीरगन्जमा आएका ३ जनामा गम्भीर प्रकारको कोरोना संक्रमण भेटिएको उल्लेख छ । वीरगन्जमा पहिलो पटक चैत ३० मा ३ जना भारतीय नागरिकमा संक्रमण भेटिएको थियो । 

सम्बन्धित समाचारहरु

सरकार र सदन चल्न नदिए फेरि पनि ‘संसद विघटन’ गर्ने प्रधानमन्त्री वलीकाे चेतावनी

केशव सिंखडा

माधव नेपाल पक्षद्वारा देउवालाई विस्वासकाे मत दिने स‌‍ङ्केत

केशव सिंखडा

के पि ओली सरकारले प्रदेश र स्थानीय तहको अधिकार खोस्ने प्रयास गरेको कांग्रेस नेता प्रकाशमान सिंहकाे आरोप

केशव सिंखडा