12.1 C
Kathmandu
January 17, 2022
आर्थिक विजनेश समाचार

गत ८ महिनामा नेपालमा सवैभन्दा वढी पेट्रोलियम पदार्थको आयात

काठमाडाैँ चैत्र 8 आइतबारः आर्थिक वर्षकाे आठाैँ महिनासम्म आइपुग्दा नेपालले सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात गरेको छ । हालसम्म नेपालमा पेट्रोलियम पदार्थको आयात १ खर्ब २१ अर्ब ६१ करोड रुपैयाँ बराबरको भइसकेको नेपाल आयल निगमले जनाएकाे छ । यो नेपालको कुल वस्तु निर्यातको तुलनामा निकै माथि हो । त्यसैगरी निर्माण क्षेत्रमा बढी प्रयोग हुने फलाम तथा स्टीलको आयात समेत १ खर्ब नजिक पुगेको छ । यो अवधिमा निर्माण क्षेत्रमा बढी प्रयोग हुने फलाम तथा स्टीलको जन्य वस्तुकाे आयात ९४ अर्ब ५८ करोड रुपैयाँ बराबरको भएको छ । यो अवधिमा ६२ अर्ब ८३ करोड रुपैयाँ बराबको सवारी साधन र त्यसको पार्टपूर्जा आयात भएको छ । यो अवधिमा ७१ अर्ब ४३ करोड रुपैयाँ बराबरको इलेक्ट्रोनिक्स सामान नेपाल आयात भएको छ । यसमा मोबाइलको हिस्सा अधिक छ । यो अवधिमा नेपालले तरकारी मात्र २५ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ । नेपालले यो अवधिमा १ सय ५१ भन्दा बढी मुलुकसँग वैदेशिक व्यापार गरेको छ । याे तथ्यांक अनुसार ८ महिनाको अवधिमा नेपालले ९ खर्ब ४३ अर्ब ९८ करोड (२.१४ प्रतिशत बढेको)बराबरको वस्तु आयत गरी सकेको छ । आवको यसै अवधिमा ८० अर्ब ७७ करोड प्रतिशत रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । चालु आवमा वस्तु निर्यातमा ७.८४ प्रतिशतले वृद्धि भएकाे देखिएको छ ।

सम्बन्धित समाचारहरु

सुनौलाबजार सानाकिसान कृषि सहकारी द्वारा पाडा वितरण

केशव सिंखडा

आ आफ्नै अडानका कारण ओली र नेपाल समूहको वार्ता विना निस्कर्ष स्थगित

केशव सिंखडा

मालपोत कार्यालय सिराहामा बम विस्फोट,८ जना घाइते, एक जनाको अवस्था गम्भीर ।

केशव सिंखडा