12.1 C
Kathmandu
January 17, 2022
जीवनशैली समाचार

सिलिण्डर पड्किदा ६ जना घाइते

भक्तपुर सम्वादाताः भक्तपुर सूर्यविनायक नगरपालिका–५ सिर्जनानगरस्थित भीमेश्वर मःम एण्ड चिकेन हाउसमा ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा सञ्चालकसहित ६ जना घाइते भएका छन् ।
    
आगलागीबाट घाइते भएका पसल सञ्चालक दोलखा सैलुङ गाउँपालिका–६ घर भई सूर्यविनायक–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेत, काठमाडौंको कोटेश्वर बस्ने ३३ वर्षीय राजेन्द्र कार्की र ३९ वर्षीया गीता कार्कीलाई उपचारका लागि सल्लाघारीस्थित डा. ईवामुरा मेमोरियल अस्पतालमा प्रथम चरणको उपचार गरी थप उपचारका लागि कीर्तिपुरस्थित बर्न सेन्टर अस्पताल पठाइएको गिरीले जानकारी दिए ।
    
खाजा खान आएका घाइतेमध्ये झापा विश्वशान्ति गाउँपालिका–२ घर भई सल्लाघारी बस्ने १९ वर्षीय आदित्य सुवेदी, सूर्यविनायक–५ कटुञ्जे बस्ने १७ वर्षीय विकास पौडेल र सोही ठाउँ बस्ने १६ वर्षीय हिमुन्स थापाको मध्यपुर अस्पतालमा प्रथम चरणको उपचारपछि थप उपचारका लागि बर्न सेन्टरमै पठाइएको उनले जानकारी दिए ।

सम्बन्धित समाचारहरु

नेपाल रेडक्रस साेसाइटी धादिङद्धारा रक्तदाता उत्प्रेरणा तथा अन्तरकृया कार्यक्रम सम्पन्न

केशव सिंखडा

भागरथी हत्या प्रकरणकाआरोपित दिनेश भट्टको डीएनए म्याचः हदैसम्म कारवाहीकाे माग

केशव सिंखडा

सिसडोल र कामनपा विच फोहोर ब्यवस्थापन गर्ने सहमति

केशव सिंखडा