12.1 C
Kathmandu
January 17, 2022
जीवनशैली समाचार

पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर बन्दै नेपाल

१२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार एक कार्यक्रमका बीच धुलो दूध, बटर, अण्डा र मासुजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गरेका छन् ।

कृषि मन्त्रालयका पशुपन्छी सचिव डा. प्रेम नारायण कंडेलका अनुसार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा नेपाल पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर घोषणा भएको घोषणा गरिएको हो ।प्रत्येक नेपालीलाई प्रति वर्ष आवश्यक पर्ने ४८ गोटा अण्डामध्ये नेपालको उत्पादन ५५ पुगेको छ । मासु तथा माछाको आवश्यकता प्रतिवर्ष क्रमश १४ किलो रहेकोमा मासु १८ र माछा ३.५ किलो रहेको मन्त्रालयले जनाएको छ । यस्तै दूधमा आत्मनिर्भर हुन वार्षिक न्यूनतम ९१ लिटर प्रतिव्यक्ति दूध उपलब्ध हुनुपर्नेमा प्रतिव्यक्ति उपलब्धता भने ७९ लिटर मात्रै छ ।त्यसैले सरकारले केही वर्षभित्र नेपाललाई कृषिमा पनि आत्मनिर्भर बनाउन बिभिन्न बजेट तथा कार्यक्रमहरु ल्याइएकाे सचिव डा. कंडेले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचारहरु

सिसडोल र कामनपा विच फोहोर ब्यवस्थापन गर्ने सहमति

केशव सिंखडा

नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा धादिङ्ग ५० ‌‍‍औं वर्षमा प्रवेश

केशव सिंखडा

प्रधानमन्त्री देउवाले विश्वासको मत लिनहतार नगर्ने

केशव सिंखडा