12.1 C
Kathmandu
January 17, 2022
जीवनशैली समाचार स्वास्थ्य

नेपालमा काेराेना सङ्गै बर्ड फ्लूकाे सङ्क्रमण पनि बढ्दै ।

१७ चैत, काठमाडौं । नेपालमा काेराेना भाइरसकाे माहामारी फैलिरहेकाे बेला बर्ड फ्लु संक्रमण पनि देखिएकाे छ । आज ललितपुर महानगरपालिका १४ नख्खुमा रहेकाे एक स्थानीय किसानकाे पशुपन्छी फार्ममा हाँस, लोकल कुखुरा र बट्टाईमा बर्ड फ्लु संक्रमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

केन्द्रीय पशुपन्छी रोग अन्वेन्षण प्रयोगशाला त्रिपुरेश्वरमा गरिएको रियल टाइम पीसीआर परीक्षणमा बर्ड फ्लु संक्रमण पुष्टि भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

संक्रमण पुष्टि भएपछि सो क्षेत्रबाट पाँच यस १६ गोटा हाँस, ८५४ गोटा लोकल कुखुरा र १५४ गोटा बट्टाई नष्ट गरिएको छ ।

संक्रमण देखिएको ठाउँ वरपरका क्षेत्रलाई निसंक्रमण गरिएको र उच्च सर्तकता अपनाइएको पनि मन्त्रालयले जनाएकाे छ ।

सम्बन्धित समाचारहरु

के पि ओली सरकारले प्रदेश र स्थानीय तहको अधिकार खोस्ने प्रयास गरेको कांग्रेस नेता प्रकाशमान सिंहकाे आरोप

केशव सिंखडा

धादिङ्गकाे जलमुखीमा प्रथम धार्मिक तथा पर्यटन महाेत्सव हुने ।

केशव सिंखडा

नेकपा माओवादी केन्द्रका २ प्रदेश सांसद कारबाहीमा

केशव सिंखडा