12.1 C
Kathmandu
January 17, 2022
आर्थिक प्रवास समाचार

काेराेनाका कारण सङ्कटमा वैदेशिक रोजगार ब्यावसायी

१८ चैत, काठमाडौं ।

                काेभिड-१९ काे मारमा सबैभन्दा नराम्राे असर परेकाे क्षेत्र मध्य एक हाे बैदेशिक राेजगार ब्यावसाय । यस अघि पुर्व श्रम मन्त्री गाेकर्ण बिष्टले यस क्षेत्रलाइ ब्यवस्थित गर्ने भन्दै झण्डै  २० महिना काम बन्द गरेर पुरै ब्यावसाय नै धरासायी भएकाे थियाे, बिभिन्न बिबादित काममा हात हालेर एक पछि अर्काे मुद्दा हार्दै गएपछि मन्त्रिपदबाट नै हात धुनु परेकाे थियाे । ब्यावसायीहरू संग छलफल नै नगरी एकतर्फी रूपमा ऐन संसाेधन गरेर ३० लाख धराैटीलाइ अस्वभाविक रूपमा २ कराेड पुर्याएपछि धेरै ब्यावसायीहरूले ब्यावसाय नै बन्द गर्नु परेकाे थियाे । ८५३ संस्थाहरू ले भने संसाेधित ऐन अनुसार नै धराैटी राखेर ब्यावसाय सञ्चालन त गरे तर अब्यवहारीक ऐनले गर्दा काम गर्ने वातावरण नै बनेन । राेजगारदाता मुलुक बिषेस गरी मलेसियाले बंगलादेश, म्यानमार, पाकिस्तान, भारत लगायत मुलुकबाट बिना सर्त कामदार परिपुर्ति गर्न थाल्याे । नेपाल संगकाे सुन्य लागत, सेवा शुल्क,दुइतर्फी हवाइ टिकट, भिषा , स्वास्थ्य परिक्षण, बिमा लगायत शुल्क राेजगारदाताले  ब्यहाेर्नुपर्ने जस्ता सम्झाैतामा अधिकांश राेजगारदाता कम्पनीले  नेपाली कामदार लैजान चाहेनन्, यस्ताे अवस्थामा धराैटी बढाएर सञ्चालन गरेका ब्यावसायीहरू हालत झनै खस्किदाे भयाे, घरजग्गा धिताे राखेर जम्मा गरेकाे धराैटी रकमकाे ब्याज तिर्न समेत अप्ठ्याराे परेकाे अवस्थामा काेराेना महामारीले झनै तहसनहस बनाइदियाे । विश्ववब्यापि महामारीकाे रूपमा फैलिएकाे काेराेना भाइरस (काेभिड-१९) ले यतिबेला नेपालका बेराेजगार युवाहरुलाई  आक्रान्त पारेकाे छ ।काेराेना भाइरसकाे दाेस्राे लहरले खाडी मुलुक, एसिया , युराेप र उत्तर अमेरिकालगायत अधिकासं देशहरुलाई नराम्राे संग थला पार्याे। अहिले त्यहाँ केही मत्थर हुँदै दक्षिण अमेरिकि मुलुक, अफ्रिका र दक्षिण एसिया काे भारतमा निकै तिब्रताका साथ संक्रमण फैलाइरहेकाे छ । 

              काेराेनाबाट कसरी मुक्त हुने भन्ने चिन्ता एउटा छ भने काेराेना पछिकाे अभावकाे  संकटबाट  कसरी पार पाउने भन्ने चिन्ता झन ठुलाे छ । नेपालमा राेजगारकाे अभाव त पहिलेदेखी नै थियाे, अबकाे अवस्था झन कस्ताे हुने हाे, कल्पना नै गर्न नसकिने छ, कुल अर्थतन्त्रकाे २५ प्रतिसत प्रत्यक्ष हिस्सा ओगटेको रेमिटेन्स घट्ने त निश्चित नै छ, काम नपाएर फर्किनेहरूकाे लागी राेजगारी नभएर स्थिति बिकराल बन्ने खतरा अर्काे तर्फ छ । राज्यले स्वास्थ्य क्षेत्र र प्रशासकिय खर्च धान्न समेत मुस्किल पर्ने  देखिन्छ । आर्थिक वृद्धि दर ७.१ बाट २.८ सम्म झर्ने प्रक्षपण बिश्व बैंकले गरेकाे छ । याे अवस्थामा नागरिकलाइ गर्नसक्ने राज्यकाे भुमिका के के छन् भनेर राज्यले पहिल्याउन सक्नु पर्छ भने रेमिटेन्स भित्र्याउन मुख्य भुमिका खेलेकाे बैदेशिक राेजगार ब्यावसायकाे बारेमा त झन राज्यले केहि न केहि साेच्नैपर्ने बेला भएकाे छ ।

स्वास्थ्य मन्त्रालयले गत बिहीबार कोरोना जोखिमको हिसाबले नेपाललाई ‘अति जोखिमयुक्त’ क्षेत्रको सूचीबाट ‘सर्भिलेन्स’ तहमा झार्‍यो । तर, यो कदमले पनि रोजगारीका लागि रोकिएका युवालाई र वैदेशिक राेजगार ब्यावसायीलाई पनि राहत मिलेन ।अव सरकारले विस्तारै पहल गर्नुपर्ने देखिन्छ ।

सम्बन्धित समाचारहरु

कोभिड–१९ संकट व्यवस्थापन समिति (सीसीएमसी) को बैठकअपरान्ह ३ बजे बस्दै

केशव सिंखडा

महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

केशव सिंखडा

प्रधानमन्त्री शेरबहादुर देउवा ले आजै विश्वासको मत लिने

केशव सिंखडा