12.1 C
Kathmandu
January 17, 2022
राजनीति समाचार

अध्यक्ष ओलीद्धारा नेपाल र रावल सहित घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि निलम्बित

१९ चैत, काठमाडौं । ने क पा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल र रावल सहित घनश्याम भुसाल र सुरेन्द्र पाण्डे लाई निलम्बित गरेका छन् ।

स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले आजबाट घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि ६ महिना निलम्बन गरेका हुन् । यसअघि ओलीले नेता 

गत चैत ७ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेताहरु नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उक्त निर्णयको आधारमा महासचिव ईश्वर पोखरेलले नेताहरुलाई स्पष्टीकरण पत्र पठाएका थिए ।

नेता नेपाल र रावलले चैत १२ गते र नेता भुसाल र पाण्डेले चैत १७ गते स्पष्टीकरण पठाएका थिए ।

बिहीबार निलम्बन गरिएको भनी भुसाललाई पठाएको पत्रमा ओलीले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गर्ने र त्यसलाई निरन्तरता दिने स्वीकारोक्तिसहित अहंकार र आत्मकेन्द्रित कुराहरु स्पष्टीकरणमा लेखेको पाइएको बताएका छन् ।

स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भूलत्रुटी स्वीकार नगरेको, कुनै आत्मसमीक्षा नगरेको आत्मआलोचना गर्ने प्रवृत्ति नदेखिएको, अहंकार र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखिएको पनि ओलीले उल्लेख गरेका छन् ।

सम्बन्धित समाचारहरु

गत ८ महिनामा नेपालमा सवैभन्दा वढी पेट्रोलियम पदार्थको आयात

केशव सिंखडा

नेपाल रेडक्रस साेसाइटी धादिङद्धारा रक्तदाता उत्प्रेरणा तथा अन्तरकृया कार्यक्रम सम्पन्न

केशव सिंखडा

नेपालमा गत २४ घण्टामा १२८१ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

केशव सिंखडा