12.1 C
Kathmandu
January 17, 2022
शिक्षा समाचार

नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा धादिङ्ग ५० ‌‍‍औं वर्षमा प्रवेश

धादिङ , चैत्र १९ गतेः नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा धादिङ्ग ५० ‌‍‍औं वर्षमा प्रवेश गरेकाे छ । धादिङ्ग जिल्लामा वि सं २०२८ चैत्र १९ गते स्थापना भएकाे नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा धादिङ्ग ले यस वर्षलाई स्वर्ण महाेत्सवकाे रुपमा वर्षैभरी विभिन्न कार्यक्रम गरी मनाइरहेकाे छ । वि सं २०२८ सालमा धादिङ्ग जिल्लाकाे सेमजाेङ र ढाेलामा भएकाे भिषण आगलागी का कारण धेरै धनजनकाे क्षति भएकाे र तत्कालिन समयमा साे घट्नालाई मलम पट्टी लगाउनकाे लागि अभियानकाे रुपमा शुरु गरिएकाे संस्थापक सभापति शिवराज अधिकारीले बताउनुभयाे । त्यसपछी विधिवत रुपमा नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा धादिङ्ग स्थापना भई हालसम्म धादिङ जिल्लामा मानविय सेवामा समर्पित संस्थाकाे रुपमा परिचित छ । नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा धादिङ्गमा हाल २९ वटा उपशाखा र २०५ वटा विद्यालयमा जुनियर युवा रेडक्रस सर्कल गठन भएकाे छ । त्यसैगरी जिल्लामा ३००० भन्दा वढी आजिवन सदस्यहरु रहेका छन् । नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा धादिङ्गले जिल्लाभित्र रहेका १३ वटै स्थानिय तहमा सङ्गठन विस्तार गरी आफ्नाे मानविय सेवालाई द्रुत गतिमा अगाडी वढाईरहेकाे छ । वि सं २०६८ भाद्र २८ गते धादिङ जिल्लामा रक्त संचार सेवा केन्द्रकाे स्थापना गरी हाल नेपालकै सवैभन्दा वढी रक्त सङ्कलन गर्ने जिल्लाकाे रुपमा परिचित भएकाे छ । नेपाल रेडक्रस साेसाईटी रक्त संचार शाखा धादिङ्ग र विभिन्न स्थानीय तहहरुकाे सहकार्यमा आ व २०७७ ०७८ मा ३५०० पिन्ट रगत सङ्कलन गरी विभिन्न घटनाका घाईते तथा विरामीहरुलाई निशुल्क उपलब्ध गराइरहेकाे रेडक्रसकर्मी नारायण कुमार श्रेष्ठले बताउनुभयाे ।

सम्बन्धित समाचारहरु

प्रथम गजुरी महोत्सवकाे उद्घाटन आजबाट

केशव सिंखडा

रामबहादुर थापा सहित १० जनालाई आजै कार्वाही गर्ने तयारी

केशव सिंखडा

नयाँ सरकार निर्माणका लागि गठबन्धनकाे तयारी गर्दै, माओवादी केन्द्र

केशव सिंखडा