12.1 C
Kathmandu
January 17, 2022
समाचार सूचना प्रविधि स्वास्थ्य

कोरोनाकाे उच्च संक्रमणमा फस्दै भारत , एकै दिन १ लाख भन्दा बढी संक्रमित ४७८ जनाको ज्यान गयाे ।

नयाँ दिल्ली : भारतमा गत २४ घण्टामा १ लाखभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ लाख ९३ हजार ७४९ स्वाब नमुना परीक्षण गर्दा १ लाख ३ हजार ५५८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा हालसम्म संक्रमित हुनेको संख्या १ करोड २५ लाख ८९ हजार ६७ पुगेको छ ।गत २४ घण्टामा ४७८ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेकाे संख्या १ लाख ६५ हजार १०१ पुगेको छ । यसैगरी गत २४ घण्टामा निको हुनेको संख्या ५२ हजार ८४७ रहेको छ । हालसम्म भारतमा १ करोड १६ लाख ८२ हजार १३६ जना कोरोनामुक्त भइसकेका छन् । हाल ७ लाख ४१ हजार ८३० जना सक्रिय संक्रमित रहेका छन् ।पछिल्लो समय भारतलगायत अधिकांश मुलुकमा कोरोनाविरुद्धको खोप प्रयोगमा आएको छ । भारतमा हालसम्म ७ करोड ९१ लाख ५ हजार १६३ जनाले खोप लगाइसकेका छन् ।तैपनि कोरोनाको नयाँ प्रकार तथा लापरबाहीका कारण संक्रमण पुनः तीव्र बनेको अधिकारीहरूले बताएका छन् ।

सम्बन्धित समाचारहरु

मालपोत कार्यालय सिराहामा बम विस्फोट,८ जना घाइते, एक जनाको अवस्था गम्भीर ।

केशव सिंखडा

सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाटआईपीओ जारी गर्दै

केशव सिंखडा

भारतमा कोरोना बढेपछि नेपाली हरु फर्किंदैःनाकामा कडाई गर्न चिकित्सकको सुझाव

केशव सिंखडा