12.1 C
Kathmandu
January 17, 2022
समाचार स्वास्थ्य

नेपाल रेडक्रस साेसाइटी धादिङद्धारा रक्तदाता उत्प्रेरणा तथा अन्तरकृया कार्यक्रम सम्पन्न

चैत्र २३ धादिङः नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा धादिङ ले रक्तदाता उत्प्रेरणा तथा स्थानीय तहसँगकाे अन्तरकृया कार्यक्रम सम्पन्न गरेकाे छ । एभरेष्ट बैंक लिमिटेड जिल्ला शाखा धादिङ काे सहयाेगमा सम्पन्न भएकाे कार्यक्रममा रक्तदाताहरुलाई रक्तदान काे महत्व ,रक्तदान गर्दा हानी नाेक्सानी नहुने र रक्तदान स्वास्थ्यकाे लागि पनि लाभदायक हुन्छ भन्ने विषयमा अभिमुखिकरण गरिएकाे थियाे । साथै कार्यक्रममा स्थानिय तहबाट नै धेरै संख्यामा रक्तदाता उत्पादन गर्न स्थानिय तहकाे भूमिका बारे पनि छलफल गरिएकाे थियाे । नेपाल रेडक्रस साेसाइटी जिल्ला शाखा धादिङ का उपाध्यक्ष तथा सामाजिक अभियान्ता नारायण कुमार श्रेष्ठ का अनुसार हाल सम्म नेपालमै सबैभन्दा बढी रक्त संकलन गर्ने जिल्ला धादिङ भएपनि यस रक्त संकलन गर्ने अभियानलाई थप प्रभावकारी बनाउन स्थानिय तहले बजेटकाे ब्यवस्था गर्नुपर्ने र सर्वसाधारणालाई निशुल्क रगत उपलब्ध गराउनुपर्ने बताउँछन् ।

सम्बन्धित समाचारहरु

गत ८ महिनामा नेपालमा सवैभन्दा वढी पेट्रोलियम पदार्थको आयात

केशव सिंखडा

आगामी बजेटमा रोजगारी सिर्जनालाई पहिलाे प्राथमिकता : अर्थमन्त्री

केशव सिंखडा

सिलिण्डर पड्किदा ६ जना घाइते

केशव सिंखडा