12.1 C
Kathmandu
January 17, 2022
जीवनशैली मनोरन्जन विजनेश समाचार

प्रथम गजुरी महोत्सवकाे उद्घाटन आजबाट

धादिङ चैत्र २३ । समृद्ध धादिङको कामना एक घर एक व्यवसाय हाम्रो चाहाना भन्ने मुल नाराको साथमा साना तथा मझौला व्यवसायी महासंघ धादिङकाे आयोजनामा सम्पन्न हुन गइरहेकाे धादिङको गजुरी गाउँपालिका स्थित गजुरी बजारमा चैत्र २३ गते देखि बैशाख २ गते सम्म हुने प्रथम गजुरी महोत्सव उद्घाटन आज हुँदै छ।

यसपालीकाे महोत्सवमा विशेष नृत्य प्रतियाेगिता हुने पनि आयाेजकले जनाएकाे छ । २१ हजार प्रथम पुरस्कार राशी रहेको नृत्य प्रतियोगितामा द्धितियले १५ हजार, तृतियले ११ हजार र सान्त्वना ले ५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन ।

महोत्सवमा दैनिक विभिन्न राष्ट्रिय ख्याती प्राप्त कलाकारहरु आउने र मनाेञ्जन प्रदान गर्ने आयाेजककाे भनाइ छ । महाेत्सवमा क्रमश शिव परियार, प्रमोद खरेल, दुर्गेश थापा, चन्द्र लामा, ज्योती मगर, पशुपति शर्मा, बद्री पंगेनी, प्रिती आले, रामजी खाँण, रमेशराज भट्टराई (बहुला), कमल खत्री, रमेश प्रसाई, भुमिका गिरी, दिपक खड्का, ढाकाराम पौडेल, शोभा त्रिपाठी, अलिफ खान (टिकटकर), प्रदिप त्रिपाठी, गिता सेन्चुरी, दिक्षा सुनार, पल्पसा डंगोल (सम्सुरी), सुरबीर पण्डित (दाह्री बा), बिन्दा परियार, राजकुमार बानियाँ, अनित बिष्ट, उमा श्रेष्ठ, अम्रत खाती, सम्राट चौलागाई लगायतका कलाकार हरु आउने आयाेजकले जनाएकाे छ ।

सम्बन्धित समाचारहरु

ऐतिहासिक भैरवी मन्दिर धमाधम पुनःनिर्माण हुँदै

केशव सिंखडा

नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा धादिङ्ग ५० ‌‍‍औं वर्षमा प्रवेश

केशव सिंखडा

सिसडोल र कामनपा विच फोहोर ब्यवस्थापन गर्ने सहमति

केशव सिंखडा