12.1 C
Kathmandu
January 17, 2022
धार्मिक समाचार

ऐतिहासिक भैरवी मन्दिर धमाधम पुनःनिर्माण हुँदै

धादिङ चैत्र २४ः धादिङ जिल्लाकाे नीलकण्ठ नगरपालिका वडा नं. ६ सुनौलाबजारस्थित ऐतिहासिक भैरवी मन्दिर पुनःनिर्माणको काम तिब्र गतिमा अघि बढिरहेकाे छ । ऐतिहासिक पुरातात्विक काष्ठकलाले भरिएको ढोका र झ्याल सहितकाे मन्दिर निकै सुन्दर र आकर्षक बन्दै गइरहेकाे छ । निर्माणकाे मध्य चरणतिर लम्कीरहेकाे मन्दिरमा शिल्पकारहरुकै उपस्थितिमा विभिन्न किसिमका बुट्टाहरु कुँद्ने काम पनि भइरहेकाे छ । भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष ध्रुव श्रेष्ठ का अनुसार मन्दिर निर्माणकाे क्रम सँगै अहिले पनि विभिन्न दाताहरुबाट सहयाेग भइरहेकाे छ । सहयाेगकै क्रममा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं. ८ बस्ने गणेशकुण्ड फर्निचरका प्रोपाइटर गणेशकुमार श्रेष्ठ बाट रु. ७ लाख ५० हजार बराबर मूल्य पर्ने एउटा ढोका र झ्याल सहयोग प्राप्त भएकाे थियाे भने नीलकण्ठ नगरपालिका वडा नं. ५ स्थायी घर भएर हाल काठमाडौँ बसोबास गर्दै आउनुभएका देवाराज बज्राचार्यले ४ लाख ५० हजार मूल्य बराबरको एउटा ढोका सहयोग गर्नुभएको थियाे ।

गत आइतबार उक्त ढोका र झ्याल राख्ने कार्यक्रम सम्पन्न भए सँगै अहिले धमाधम ईँटा लगाउने काम भइरहेकाे छ । साथै गणेश मन्दिरबाट भैरव तथा भैरवीकाे मन्दिर सम्म जानकाे लागि सिँढी निर्माणकाे काम पनि भइहेकाे छ । भैरवी मन्दिर संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष ध्रुव श्रेष्ठ ले सहयाेगी मनहरुकाे खुलेर प्रशंसा गर्नुभयाे र आगामी दिनमा पनि पुरातात्विक महत्वकाे भैरवी मन्दिर पुनः निर्माणमा जुट्न सवैलाई आग्रह गर्नुभएकाे छ ।

सम्बन्धित समाचारहरु

ने रे साे मैदी उपशाखा द्वारा नयाँ वर्षमा रक्तदान कार्यक्रम

केशव सिंखडा

नेपालमा कोरोना ” हट स्पट ” उपत्यका सहित १४ जिल्ला,स्वास्थ सतर्कता अपनाउन अपिल

केशव सिंखडा

अव लन्डन स्टक एक्सचेन्जमा निफ्राकाे सहभागिता

केशव सिंखडा