12.1 C
Kathmandu
January 17, 2022
मनोरन्जन

धादिङका राजन आले मगरकाे ‘माया यस्ताे चिज रैछ’ म्युजिक भिडियाे सार्वजनिक

धादिङ – धादिङ जिल्ला नीलकण्ठ नगरपालिका वडा नं ७ मा जन्मिएका राजन आले मगरले ले नयाँ गीत ‘माया यस्ताे चिज रैछ’ युट्युबमार्फत् सार्वजनिक गरेका छन्। पेशामा ड्राइभर भएपनि उनकाे आफ्नै शब्द रचनामा लेखिएकाे गितमा स्वर पनि उनैकाे रहेको छ।

लाइफलाइन डिजिटल स्टुडियाे काठमाडाै मा रेकर्ड गरिएकाे म्युजिक भिडियाेकमा जिपुनकाे संगीत रहेको यस गीतको संयोजन डिका गुरुङले र भिडियो  निर्देशन जाेन राई र डिका गुरुङले गरेका छन्।

त्यसैगरी जाेन राई काे निर्देशन रहेको यस भिडियोमा राजन, सुनिता र कृपाकाे मुख्य अभिनय रहेको छ। म्युजिक भिडियो हेर्दा मानिसकाे बास्तविक जिवन मा मायामा हुने विभिन्न उतारचढावहरुलाई समेटेकाे देखिन्छ।

गीतकार राजन आले मगरले आफ्नो सांगीतिक यात्रालाई अनाैपचारिक रुपमा शुरु गरेकाे धेरै समय भएकाे भएपनि हाल औपचारिक रुपमा शुरुवात गर्नुभएकाे छ ।

सम्बन्धित समाचारहरु

त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल द्वारा मलेसियालाई २१८ रनको लक्ष्य प्रस्तुत

केशव सिंखडा

प्रथम गजुरी महोत्सवकाे उद्घाटन आजबाट

केशव सिंखडा