12.1 C
Kathmandu
January 17, 2022
आर्थिक समाचार

आगामी बजेटमा रोजगारी सिर्जनालाई पहिलाे प्राथमिकता : अर्थमन्त्री

काठमाडौं , बैशाख १ – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८र७९ को बजेटमा युवाहरुकाे रोजगारी सिर्जनालाई पहिलाे प्राथमिकता राखेकाे बताएका छन्। प्रतिनिधि सभाकाे अर्थसमितिको मंगलबार बसेको प्रिबजेट छलफलमा भाग लिँदै अर्थमन्त्री पौडेलले सामाजिक सुरक्षा र रोजगारी सिर्जनाका कार्यक्रमलाई प्राथमिकतामा राख्ने जानकारी गराएका हुन्।अर्थमन्त्री पाैडेलले राष्ट्रिय गौरव र ठूला आयोजनालाई बजेट सुनिश्चित गरिएको जानकारी दिएका छन्। संविधान, पार्टीको घोषणापत्र, १५ औं आवधिक योजना र समृद्ध नेपाल सुखी नेपालको नारा सफल बनाउने गरी बजेट निर्माण गरिने उनले बताए।पाैडेलले नेपाललाई अतिकम विकसित मुलुकबाट विकाससिल मुलुकमा स्तरोन्नती गर्न आवश्यक मापदण्ड पूरा गर्न बजेट केन्द्रित हुने जानकारी दिएका छन्। उत्पादन र उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी बजेट आउने उनले बताए।विगतमा बजेटमा कार्यक्रम राख्ने तर कार्यान्वयन नहुने परिपाटीले स्रोतको उचित उपयोग हुन नसक्ने अवस्था रहेको बताउँदै पाैडेलले यो प्रवृत्तिमा सुधार ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्। मन्त्री पाैडेलले आगामी आर्थिक वर्षको बजेट कोरोना महामारी र यसले सिर्जना गरेको कठिन परिस्थितिसँग जुध्न समेत उपयोगी हुने गरी ल्याइने बताए। आर्थिक पुनरुत्थानका कार्यक्रममा सरकारले ध्यान दिने अर्थमन्त्री पौडेलकाे धारणा छ।

सम्बन्धित समाचारहरु

सवारी चालक अनुमति पत्रकाे लागि विभागद्धारा नयाँ निर्देशिका जारीः

केशव सिंखडा

सिंगटी हाइड्रो कम्पनीद्वारा २९ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला

केशव सिंखडा

६४ औं राष्ट्रिय सहकारी दिवसमा धादिङकाे श्राेत परिचालन द्धारा रक्तदान कार्यक्रम

केशव सिंखडा