12.1 C
Kathmandu
January 17, 2022
राजनीति समाचार

लुम्बिनी प्रदेशकाे मन्त्रिपरिषद् पुनर्गठनः एमालेलाई जसपा काे साथ

६ वैशाख, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी (जसपा)का चार प्रदेशसभा सदस्यलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन र नगरेका एक गरी जसपाका चार प्रदेशसभा सदस्य मन्त्री नियुक्त भएका हुन् । सन्तोष पाण्डे, विजयवहादुर यादव र कल्पना पाण्डे लम्साल मन्त्री तथा सुमन रायमाझी राज्यमन्त्री बनेका हुन् । उनीहरुले सोमबार नै सपथ लिएका छन् ।कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा पाण्डे, यादव र रायमाझीको पनि हस्ताक्षर थियो । तर फेरी उनीहरुले अविस्वासकाे प्रस्ताव फिर्ता गरेसँगै आजै सपथ लिएर मन्त्री र राज्यमन्त्री भएका छन् ।

सम्बन्धित समाचारहरु

अध्यक्ष ओलीद्धारा नेपाल र रावल सहित घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि निलम्बित

केशव सिंखडा

महान्यायाधिवक्ता खरेलले दिए राजीनामा

केशव सिंखडा

भागरथी हत्या प्रकरणकाआरोपित दिनेश भट्टको डीएनए म्याचः हदैसम्म कारवाहीकाे माग

केशव सिंखडा