12.1 C
Kathmandu
January 17, 2022
खेलकुद मनोरन्जन शिक्षा समाचार

त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल द्वारा मलेसियालाई २१८ रनको लक्ष्य प्रस्तुत

९ वैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले मलेसियालाई २१८ रनको लक्ष्य दिएको छ । करण केसीले आक्रामक ब्याटिङ गर्दै १३ बलमै ४५ रन बनाएपछि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पनि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनायो । टी-२० अन्तर्राष्ट्रियमा नेपालको यो दोस्रो उच्च स्कोर हो ।करणले ४५ रन जोड्ने क्रममा ७ छक्का प्रहार गरे ।यस्तै ओपनर आसिफ शेखले ३२ बल खेल्दै ३ चौका र ३ छक्काकाे मद्दतमा ४२ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लले २५ बल खेल्दै १ चौका र ४ छक्काकाे मद्दतमा ४१ रन जोडे । उपकप्तान दीपेन्द्र सिंह ऐरीले १७ बल खेल्दै ५ चौका र १ छक्का मद्दतमा ३३ रन बनाए ।यसअघि लगातार तीन खेलमा अर्धशतक प्रहार गरेका ओपनर कुशल भुर्तेल १६ रन बनाएर आउट भए ।कुशल मल्ले अविजित १९ रन जोडे । उनले १० बल खेल्दै २ छक्का प्रहार गरे । नेपालले अन्तिम ४ ओभरमा ६७ रन जोडेको थियो ।

सम्बन्धित समाचारहरु

नेपालमा गत २४ घण्टामा थप २,६७६ जनामा कोरोना संक्रमण, ३३ जनाको मृत्‍यु

केशव सिंखडा

नेपालमा ट्रान्सर्फमर चाेरी गर्ने गिराेह सक्रिय

केशव सिंखडा

नेपालमा फेरी कोरोना संक्रमणकाे जाेखिम बढ्याेः महिलाको मृत्यु

केशव सिंखडा