12.1 C
Kathmandu
January 17, 2022
राजनीति समाचार

प्रधानमन्त्री शेरबहादुर देउवा ले आजै विश्वासको मत लिने

३ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै बस्ने संसदको दोस्रो बैठकमा विश्वासको मत लिने भएका छन् । केहीबेरअघि सम्पन्न भएको कार्यव्यवस्था परामर्श समितिको बैठकले दोस्रो बैठकमा विश्वासको मत लिने कार्यसूची तय गरेको हो ।

यसअघि नै कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता गराइसकेका छन् ।

समितिको बैठकमा एमालेले यति छिटो किन विश्वासको मत लिन लागेको भनेर प्रश्न उठाएको थियो ।

सर्वोच्च अदालतले पुनर्स्थापना गर्न आदेश दिएको प्रतिनिधिसभाको पहिलो बैठक आज अपराह्न चार बजे बस्दै छ । आजको पहिलो बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउने, सरकारले अध्यादेशहरु टेबल गर्ने र शोक प्रस्ताव प्रस्तुत हुने छ । दोस्रो बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सभामुखको सचिवालयले जनाएको छ ।

सम्बन्धित समाचारहरु

संक्रमणकाे अवस्था हेरी आंशिक लकडाउन गर्ने सरकारकाे तयारी

केशव सिंखडा

कोरोना प्रभावित देश मध्ये दाेस्राे स्थानमा भारतः एकैदिन १ लाख ८४ हजारभन्दा बढी संक्रमित

केशव सिंखडा

आ आफ्नै अडानका कारण ओली र नेपाल समूहको वार्ता विना निस्कर्ष स्थगित

केशव सिंखडा