12.1 C
Kathmandu
January 17, 2022
राजनीति समाचार

माधव नेपाल पक्षद्वारा देउवालाई विस्वासकाे मत दिने स‌‍ङ्केत

३ साउन, काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बिलियाे सङ्केत गरेकी छिन् ।

सांसद झाँक्रीले प्रतिनिधि सभालाई पूरा कार्यकाल सञ्चालन गर्नका लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिन आफुहरु तयार रहेकाे बताएकी हुन् । ओलीकाे ज्यादती का कारण ‘नेकपा एमाले माधव नेपाल पक्षका २३ जना निवेदन कर्ताले भोट हाल्ने निर्णय गरेकाे उनले बताइन । भोट हाल्नु हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं,’ झाँक्रीले भनिन् ।

झाँक्रीले निवेदक सांसदले मात्र नभई संस्थागत रुपमै निर्णय गरी एमालेले फ्लोरमै बसेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने प्रस्तावसमेत गरेका छन् ।

प्रधानमन्त्री देउवाले आज अपराह्न बस्ने प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिंदैछन् । प्रधानमन्त्रीले विश्वासको मत पाउन जनता समाजवादी (जसपा) र एमालेको माधव समूहका सांसदको साथ आवश्यक छ ।

सम्बन्धित समाचारहरु

सवारी चालक अनुमति पत्रकाे लागि विभागद्धारा नयाँ निर्देशिका जारीः

केशव सिंखडा

भारतमा कोरोना संक्रमण बढ्दाेः एक सातामा दुई लाखभन्दा बढी नयाँ संक्रमित ।

केशव सिंखडा

सिसडोल र कामनपा विच फोहोर ब्यवस्थापन गर्ने सहमति

केशव सिंखडा