12.1 C
Kathmandu
January 17, 2022
समाचार सूचना प्रविधि स्वास्थ्य

५५ औं रक्त संचार स्थापना दिवसमा रक्तदान कार्यक्रम संचालन हुने

श्रावण १० धादिङः ५५ औं रक्त संचार स्थापना दिवसकाे अवसरमा धादिङ जिल्ला नेपाल रेडक्रस साेसाइटी रक्त सन्चार सेवा केन्द्र धादिङ काे आयाेजनामा धादिङ वे‍शीमा २०७८ श्रावण १२ गते मंगलबार विहान ८ बजेदेखी २ बजेसम्म वृहत खुल्ला रक्तदान कार्यक्रम काे आयाेजना हुनेभएकाे छ। बिभिन्न संघ सस्थाकाे आयाेजनामा हुने रक्तदान कार्यक्रमकाे प्राविधिक सहयाेग र नेतृत्व गर्दै आएकाे नेपाल रेडक्रस साेसाइटी रक्त सन्चार सेवा केन्द्र धादिङ ले हाल आफ्नै आयाेजनामा रक्तदान कार्यक्रम संचालन गर्न लागेकाे हाे। रक्तदान कार्यक्रम धादिङ वे‍शी स्थित पुछारबजारमा रहेकाे हाेटल जिविकामा संचालन हुने भएकाे छ । नेपालमा काेराेना संक्रमण बढेसँगै रगतकाे पनि माग बढेकाले निशेधाज्ञा काे बेलामा पनि रक्तदान कार्यक्रम संचालन गर्न लागिएकाे रेडक्रस कर्मी नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयाे । रक्तदान कार्यक्रम संचालन गर्दा सामाजिक दुरी कायम गरेर संचालन गरिने पनि उहाँले जानकारी दिनुभयाे ।

सम्बन्धित समाचारहरु

प्रधानमन्त्री ओली र माधव नेपाल बीच भेटवार्ता हुँदै

केशव सिंखडा

भागरथी हत्या प्रकरणकाआरोपित दिनेश भट्टको डीएनए म्याचः हदैसम्म कारवाहीकाे माग

केशव सिंखडा

त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल द्वारा मलेसियालाई २१८ रनको लक्ष्य प्रस्तुत

केशव सिंखडा