12.1 C
Kathmandu
January 17, 2022
Uncategorized शिक्षा समाचार स्वास्थ्य

ने‍‍रेसाे धादिङ द्वारा सर्वसाधारणलाई निशुल्क रगत उपलब्ध गराउने सम्बन्धि अन्तर्क्रिया तथा रक्तदान कार्यक्रम सम्पन्न

श्रावण १२ धादिङः ५५ औं रक्त संचार स्थापना दिवसकाे अवसरमा धादिङ जिल्ला नेपाल रेडक्रस साेसाइटी रक्त सन्चार सेवा केन्द्र धादिङ काे आयाेजनामा सर्वसाधारणलाई निशुल्क रगत उपलब्ध गराउने सम्बन्धि अन्तर्क्रिया र वृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ। नेपाल रेडक्रस साेसाइटी धादिङ का सभापति नारायण तिमल्सिनाकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा जिसस प्रमुख जगन्नाथ नेपाल नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गाना नेपाल रेडक्रस साेसाइटीका केन्द्रिय सदस्य माेहन पाेखरेल र बिभिन्न स्थानीय निकायका प्रमुख/ उप प्रमुख तथा गैर सरकारी संस्थाका प्रमुख तथा प्रतिनीधिहरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रम मा ४ जना महिला र १३ जना पुरुष गरी जम्मा १७ जनाले रक्तदान गरेकाे रेडक्रस कर्मी नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयाे

सम्बन्धित समाचारहरु

आ आफ्नै अडानका कारण ओली र नेपाल समूहको वार्ता विना निस्कर्ष स्थगित

केशव सिंखडा

प्रदेश १ का नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्धारा शपथ ग्रहण

केशव सिंखडा

शेयर बजारमा भारी गिरावट, होटल र हाइड्रोपावर समूह भने माथि चढ्दै ।

केशव सिंखडा