12.1 C
Kathmandu
January 17, 2022
आर्थिक विजनेश सूचना प्रविधि

आजबाट मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर(आईपीओ)खुला

१४ साउन, काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।

७ लाख ३६ हजार २८६ कित्ता अर्थात ७ करोड ३६ लाख २८ हजार ६०० रुपैयाँ बराबरको आईपीओका लागि प्रतिकित्ता एक सय रुपैयाँका दरले न्युनतम् १० कित्तादेखि आवेदन दिन पाइनेछ ।

कुल निष्काशन भएको सेयरमध्ये ६ लाख ८४ हजार ७४६ कित्ता सेयर खरीदका सर्वसाधारणले आवेदन दिन पाउनेछन् । बाँकी ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ ।

न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी दिएको छ ।

सम्बन्धित समाचारहरु

सिंगटी हाइड्रो कम्पनीद्वारा २९ लाख कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला

केशव सिंखडा

६४ औं राष्ट्रिय सहकारी दिवसमा धादिङकाे श्राेत परिचालन द्धारा रक्तदान कार्यक्रम

केशव सिंखडा

गत ८ महिनामा नेपालमा सवैभन्दा वढी पेट्रोलियम पदार्थको आयात

केशव सिंखडा