12.1 C
Kathmandu
January 17, 2022
आर्थिक समाचार

सुनौलाबजार सानाकिसान कृषि सहकारी द्वारा पाडा वितरण

धादिङ साउन २१ । जिल्लाकाे नीलकण्ठ नगरपालिका वडा नं ६ स्थित साना किसान कृषि सहकारी संस्था लिमिटेड सुनौलाबजारले आफ्ना सेयर सदस्यहरुलाई पाडा वितरण गरेको छ । बागमती प्रदेश सरकारबाट गत वर्ष पाडा पालनको लागि ११ लाख अनुदान पाएको यस सहकारीले उक्त रकमको पाडा पालन घुम्ती कोष बनाएर प्रत्येक वर्ष सेयर सदस्यहरुलाई साँवा फिर्ता गर्ने गरी ५० वटा पाडा वितरण गर्ने याेजना ल्याएकाे हाे ।यस सहकारीले गत वर्ष सवै पाडाहरुकाे एकनास मुल्य १६ हजार निर्धारण गरेकाे थियाे भने यस वर्ष २२ हजार, १८ हजार र १५ हजार पर्ने पाडाकाे तीन थरी मुल्य निर्धारण गरी ५० वटा पाडा वितरण गरेको छ। प्रत्येक वर्ष आलो पालोमा सवै सेयर सदस्यहरुलाई क्रमश ‍वितरण गरीने अध्यक्ष कृष्णबहादुर श्रेष्ठ जानकारी दिए , एक वर्ष पछि साँवा मात्र फिर्ता गर्ने गरी आर्थिक सहुलियतकाे कार्यक्रम मा आगामी वर्षदेखी ५० काे संख्यालाई बढाएर १०० जनासम्म शेयर सदस्यहरुलाई वितरण गर्ने संस्थाले जनाएकाे छ ।

सम्बन्धित समाचारहरु

सिराहामा भएको विष्फोट गोइत समूहले गराएकाे हुनसक्ने आशंका

केशव सिंखडा

वाईसीएलको राष्ट्रिय भेला २०७८ जेठमा हुने

केशव सिंखडा

नयाँ वर्ष सँगै राजनीतिले नयाँ माेड लिने सभामुखको विश्वास

केशव सिंखडा