12.1 C
Kathmandu
January 17, 2022
साहित्य

नेपाली साहित्यका बहु आयमिक ब्यक्तित्व भरत आचार्य काे कविता , छोरा !

छोरा !

चुरोट खा

गुड्का खा

हुक्का खा

सुर्ती खा

पान सुपारी जे जे खान्छस् खा

एउटै विन्त्ती छ मेरो

यी दले नेताको पछि न ला

रगत बेची चुसेको एक कौडी न खा ।

छोरा !

च्यात्तिएको

उध्रेको

घुँडा फाटेको

जस्तो पत्लुम् लाउँछस् ला

पाखुरा देखाए नि देखा

छाती देखाए नि देखा

पाँसुला फिला जे जे

देखाउन मन छ देखा

तर

एउटै विन्ती छ छोरा

कुनै दलको परिचय पत्र न देखा ।

छोरा !

पढ्न मन लागे पढ्

मन नलागे नपढ्

बुलेट स्कुटर साइकल जे जे

चढ्न मन लाग्छ चढ्

एउटै विन्ती छ

अरू घोडा चढे

भनेर तँ धुरी न चढ्

यी अमूक वादी

भनाउँदा हरूको झुठो वेद नपढ् ।

लेखक तथा रचनाकार भरत आचार्य

पोखरा-११ काहुँ गण्डकी प्रदेश